सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पिपिईभित्र गुम्स्याइभन्दा सङ्क्रमित छटपटाउँदाको पीडा असह्य


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १५:५७ 
  • धनगढी, १४ जेठ । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण एकदमै नाजुक अवस्थामा अस्पताल भर्ना भएका घोडाघोडी नगरपालिका–६ का तुलाराम डगौरालाई आठ दिनमा अस्पतालबाट सञ्चो बनाएर पठाउँदाको हो ।

    एक हप्ताअघि उपचारकै क्रममा सङ्क्रमितको मृत्यु हुँदा ज्यान बचाउन नपाउँदाको पीडाले चिन्तित ज्योतिले बिहीबार सङ्क्रमितलाई सञ्चो बनाएर पठाउँदा खुशीको सीमा नरहेको बताउनुभयो ।

    “जब कोही बिरामी, सहकर्मी वा कसैले तैँले त राम्रो काम गरेकी छस् भन्नुहुन्छ, तब जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ,”, उहाले सुनाउनुभयो, “बिरामीको एक मुस्कानले बिरामी पुनः स्वस्थ अवस्थामा पुगेपछि अनि अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोसको सिर्जना गर्छ र युद्ध जितेर घर फर्किएझैँ लाग्छ ।”

    घोडाघोडी अस्थायी कोरोना अस्पतालमा अहिले दश जनाको टोली दिनरात बिरामीको उपचारका लागि खटिइरहेको छ । उहाँहरूको टोली अहिले ‘फुल टाइमर’ भएका छ अर्थात् अस्पताल नै घर र कार्यक्षेत्र पनि भएको छ । त्यही खटाइएको उपलब्धिमा ज्योतिले आफ्नो खुशी व्यक्त गर्दै गर्दा आँखाबाट खुशीका आँसु खसेको बताउनुभयो । पिपिईभित्र आफू गुम्सिएको भन्दा पनि सङ्क्रमित छटपटाउँदाको पीडा असह्य हुने गरेको ज्योतिको अनुभव छ ।

    अचानक आएको महामारीका कारण बिरामीको चाप अत्यन्तै बढी छ । “सामान्य अवस्थामा जस्तो समयसमयमा आराम गर्न पाइँदैन तर पनि बिरामीको सेवा आफ्नो धर्म सम्झेर कर्म गर्छौं, यसरी सेवा गर्दा सञ्चो भएका बिरामी तथा उनीहरूका आफन्तबाट पाउने स्याबासीलाई आशीर्वादका रूपमा ग्रहण गर्दै काम गर्दा आनन्द महसुस हुने गरेको छ”, सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स एलिसा मगरले भन्नुभयो, “जसरी एउटी आमा भोको बच्चालाई खाना खुवाउँदा आमा खुशी हुन्छिन् हो ।”

    उपचारका लागि आएका बिरामी सञ्चो भएर खुशी साथ फर्कंदा खुशी लाग्ने गरेको स्टाफ नर्स शिला चौधरीले बताउनुभयो । दिनरात नभनीकन लगातारको खटाइ, अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसक्दाको पीडाले कहिलेकाहीँ मानसिक तनाव हुने गरेको उहाँको अनुभव छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.