सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको सरकारको दावी


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १५:१८ 
  • काठमाडौं,१४ जेठ । सरकारले कोभिड १९ को महामारीका बाबजुद वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी गरेको छ ।

    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको बताए ।
    आर्थिक सर्भेक्षण २०७७-७८ सम्वन्धि प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण रहेको स्वीकार गरे ।

    सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो । तर, अर्थतन्त्रले सोचेअनुसार गति लिन नसकेपछि ४।१ प्रतिशतको संसोधित अनुमान गरिएको थियो । तर, त्यो पनि अहिले चुनौतिपूर्ण बनेको छ ।

    आर्थिक वृद्धिदरबाहेकका परिसूचक भने सकारात्मक रहेको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा राष्ट्रिय आय ११९६ डलर पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् जुन अघिल्लो वर्षभन्दा बढी हो ।

    यस्तै राष्टिय खर्च योग्य आम्दानी १४८६ डलर पुगेको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । आयात–निर्यात अवस्था पनि सन्तुलनमा रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.