सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १४:४२ 
  • राँझा, १४ जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

    दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् । नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्ध रुपमा भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको जनाउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गर्नुभयो ।

    दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएपछि उहाँका भाइ मानबहादुर रावत र छोरा भरत रावतलगायत चार÷पाँच जनाको समूहले अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गरेको थियो ।

    मृतकका आफन्तको आक्रमणबाट चिकित्सक दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अन्सारी तथा स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पतालका प्रमुख डा थापाले बताउनुभयो । चिकित्सक र नर्समाथि आक्रमण गर्ने मृतकका आफन्त, भाइ मानबहादुर, छोरा भरत र लोकराज रावतलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.