सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहमा अक्सिजनसहित कोभिड अस्पताल


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १४:१७ 
  • खलङ्गा, १४ जेठ । कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् ।

    स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।

    जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजीक भएकाले कोभिड अस्पताल सञ्चालन गरेको छैन । यहाँको गुठीचौर गाउँपालिकामा पाँचवटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएका छन् ।

    पच्चीस सिलिण्डर खरीद प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । चिकित्सक र अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्कसँग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म अक्सिजन दिनुपर्ने बिरामी भर्ना भएका छैनन् । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन नदिइने उहाँ बताउनुहुन्छ ।

    लक्षणसहितका कोरोना सङ्क्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १० श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

    हिमा गाउँपालिकामा तीन, तिला गाउँपालिकामा तीन, सिँजा गाउँपालिकामा दुई र कनकासुन्दरी गाउँपालिकामा पाँच अक्सिजन सिलिण्डरसहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हिमाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताउनुभयो ।

    पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरीद प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले यहाँका हरेक स्थानीय तहमा एक एक चिकित्सक खटाइने जनाएको छ ।

    यहाँका स्थानीय तहमा न्यूनतम २५ देखि अधिकतम ५० श्ययासम्मका आइसोलेशन सेन्टर निर्माण गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई दृष्टिगत गर्दै अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यान्नको बैंक बनाएर केन्द्रको निर्णयबमोजिम वितरण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.