सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागीबाट रु १५ लाख क्षति


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १३:४८ 
  • ताप्लेजुङ, १४ जेठ  । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ ।

    फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिनुभयो ।

    बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.