सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार पूर्वप्रधानन्यायाधीश फेरि सक्रिय, संविधान कार्यन्वयन उल्टो दिशातर्फ धकेलेकाे आरोप


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १२:५१ 
  • काठमाडौं,१४ जेठ । सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशले पटक–पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री निरन्तर पदमा रही रहनु संविधान, प्रजातन्त्र विवेक कुनै पनि कुराले नदिने दावी गरेका छन् ।

    विगतमा पनि सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वक्तव्य निकालेका चार पूर्वप्रधानन्यायाधीशले संवैधानिक इजलासमा सुनुवाइ शुरु भएकै दिन संयुक्त वक्तव्य दिएका हुन् ।

    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको फैसलाको मर्म र भावनाको विपरीत भएको समेत दावी गरेका छन् ।

    यसबाट कानूनको सर्वोच्चको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गगम्भीर स्थिति खडा भएको उनीहरुले बताएका छन् । चार पूर्वप्रधानन्यायाधीशले संविधानको धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधान र प्रजातन्त्रको मर्म प्रतिकुल भइ संविधान कार्यन्वयन विपरीत दिशातर्फ गइरहेको आरोप लगाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.