सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिध ल्याबले ललितपुर महानगरलाई २ सय सिलिन्डर अक्सिजन उपलब्ध गराउने


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १२:४२ 
  • ललितपुर,१४ जेठ । बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको छ । बिहीबार दिउँसो महानगरपालिकाको कार्यालयमा भएको समझदारीअनुसार बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिन्डर महानगरलाई हस्तान्तरण गर्नेछ ।

    बिधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिन्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

    संक्रमण बढेर भविष्यमा अन्य अक्सिजनसहितको सिलिन्डर आवश्यक परेमा बिध ल्याबले महानगरलाई सिलिन्डर उपलब्ध गराउने सहमति पनि भएको छ । कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ ।

    समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र बिध ल्याबको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । महानगर क्षेत्रभित्र होम आइसोलेसनमा रहेको संक्रमितलाई बिध ल्याबले स्वास्थ्य सेवा पु¥याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको ल्याबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

    दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिन्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिन्डर आयात गरेको थियो । उक्त ल्याबले छिट्टै काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताए ।

    मेयर महर्जनले ल्याबले गरेको सहयोगले महानगरभित्र भएका कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने बताए । महर्जनले कोभिड महामारीको यो घडिमा आफ्नै महानगरपालिकाभित्र स्थापित यस ल्याबले गरेको सहयोगले अमूल्य रहेको उल्लेख गरे ।

    अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्युदर बढ्न थालेपछि जनतालाई बचाउन आफूहरुले सक्दो सहयोग गर्ने ल्याबका संचालक विके भण्डारीले कार्यक्रममा बताए । महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न प्रतिबद्ध भएको भन्दै आगामी दिनमा ल्याबका तर्फबाट अझै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भण्डारीले बताए । ‘महानगरपालिकसँग हामीले पहिल्यैदेखि सहकार्य गर्न खोजेका थियौं । अब कोभिड फेरि नियन्त्रणभन्दा बाहिर जाने अवस्था आएको खण्डमा फेरि सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।’ भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रतिबद्धता गरेका छन् ।

    ल्याबले यसअघि पनि स्वास्थ्य सामाग्री नभएर पीसीआर परीक्षण गर्न नसक्ने भएको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.