कोरोना संक्रमणबाट बानका अध्यक्ष न्यौपानेको मृत्यु
न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १२:११
विराटनगर,१४ जेठ । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपाने शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिए ।
उनका अनुसार कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि न्यौपानेलाई वैैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो ।

न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर हुन् ।