धनगढी बसपार्कमा युवक मृत भेटिए न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार ११:४८ धनगढी, १४ जेठ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य सकेर प्रहरीले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’ चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
धनगढी, १४ जेठ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् ।
अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए ।
घटनास्थल कार्य सकेर प्रहरीले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।