सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाले आक्रान्त प्रदेश २ मा सरकारले किन्यो ९ वटा दमकल


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार ११:०२ 
  • जनकपुरधाम,१४ जेठ । प्रदेश २ कोरोनाले आक्रान्त बनेको बेला प्रदेश सरकार झण्डै ५ करोड रुपैयाँमा ९ वटा बारुण यन्त्र खरिद गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको बारुण यन्त्र बिहीवार जनकपुर ल्याएको हो ।

    प्रदेशका ८ वटा जिल्ला प्रशासन कार्यालयलाई १/१ वटा र प्रदेश प्रहरी कार्यालयलाई एउटा बारुण यन्त्र प्रदान गरिने मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए । उनका अनुसार एउटा बारुण यन्त्रको खरिद मूल्य करिब ५३ लाख रुपैयाँ परेको छ । बारुण यन्त्र कहाँबाट खरिद गरिएको विषयमा उनले बोल्न मानेनन् ।

    यस प्रदेशमा कोरोनाका सक्रिय संक्रमित साढे ११ हजार पुगिसकेको छ । जसमध्ये ९५ प्रतिशत घरमै बस्नुपरेको अवस्था छ । अस्पतालमा शैय्या छैन । शैय्या पाएकाहरु पनि उपचार नपाएको गुनासो गर्छन् ।

    कुनै अस्पतालमा औषधि अभाव त कुनैमा अक्सिजन अभाव देखिएको छ । अक्सिजन प्लान्ट र औषधिको आवश्यकता रहेका बेला प्रदेश सरकारले बारुण यन्त्र खरिद गरेपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

    यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच वटा बस खरिद गरेको थियो । तर उक्त बसहरु मधेस भवनमा आठ महिनादेखि थन्केको छ । खुल्ला आकाशमूनि राखिएको उक्त बसमा खिया लाग्न थाले पनि कहिलेदेखि सञ्चालनमा आउने कुराको अतोपतो छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.