सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतमा एन्टिजेन कीटको अभाव


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १४:४१ 
  • पर्वत, १३ जेठ । गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ ।

    परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् ।

    करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४६-४७ प्रतिशतमा कोभिड देखिएको बताउँदै स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले सङ्क्रमणको स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताउनुभयो ।

    केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ । स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातवटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएका कारण स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ ।

    पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताउनुभयो । एण्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिनुभयो ।

    पालिकाहरुले पनि पिसिआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । सबैतिर स्थिति जटिल बन्दै गएको भन्दै प्रदेश र केन्द्र सरकार पन्छिँदै गएको आरोप जनप्रतिनिधिको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.