सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट जनता र शासकबाट संविधान जोगाउने दायित्व कांग्रेसमा : पौडेल


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १३:१५ 
  • काठमाडौं,१३ जेठ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्व एकैसाथ आएको बताएका छन् ।

    नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै पौडेलले कोरोनाबाट नागरिकलाई बचाउनका लागि सरकारले सम्पूर्ण शक्तिको प्रयोग गर्न नसकेका कारण समस्या भएको टिप्पणी गरे ।

    महामारीबाट नागरिकलाई जोगाउनका लागि पनि नेपाली कांग्रेसले ठोस कदम चाल्नुपर्ने उनले बताए । अहिलेका शासकबाट संविधान जोगाउने दायित्व पनि कांग्रेसको काँधमा भएको उनको भनाइ छ । शासकले संसद विघटन गरेर संविधान च्यात्न खोजेको भन्दै पौडेलले संविधान जोगाउनका लागि कांग्रेस मैदानमा आएको दावी गरे ।

    पौडेलले संविधानको धारा ७६ को उपधार ५ ले अमेरिकी कांग्रेसका सदस्यले जस्तो सांसदहरूलाई स्वविवेकी अधिकार दिइएको बताए ।

    फरक प्रसंगमा पौडलले पार्टीमा पनि कार्यतालिका बनाएका काम गर्न नसक्दा अन्तिम समयमा महाधिवेशन गर्न नसकेर पार्टीको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको भन्दै पार्टी जोगाउनुपर्ने दायित्व पनि कांग्रेस नेता कार्यकर्ताको काँधमा परेको बताए ।

    भदौमा महाधिवेशन सम्पन्न नगर्दा पार्टी ‘कोल्याप्स’ हुने अवस्था भएकाले कांग्रेसले महाधिवेशन गर्ने बारेमा पनि चनाखो हुनुपर्ने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.