सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउन बाइडनको निर्देशन


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १३:०४ 
  • काठमाडौं,१३ जेठ । कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् ।

    बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र यसको रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।

    कोरोना भाइरसको संक्रमणको सबैभन्दा पहिलो मामिला डिसेम्बर २०१९ मा चीनको ऊहान शहरमा भेटिएको थियो । त्यतिबेलादेखि हालसम्म संसारभरी यसका १६ करोड ८० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् र कम्तीमा ३५ लाखको ज्यान गइसकेको छ ।

    चिनियाँ प्रशासनले संक्रमणको पहिलो सम्बन्ध ऊहानको एउटा सीफूड मार्केटसँग भएको पाएको थियो । वैज्ञानिकले यो भाइरस जनावरबाट मानिसमा पुगेको मान्यता राखेका छन् ।

    तर हालै अमेरिकी मिडियामा सार्वजनिक भएको खबर अनुसार केही प्रमाण यस्ता पनि छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भन्नेतफए इशारा गर्दछ ।

    तर चीनले यसलाई ठाडो अस्वीकार गर्ने गर्छ । साथै चीनले यो भाइरस अमेरिकाको कुनै प्रयोगशालाबाट निस्किएको बताउने गर्छ ।बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.