सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिच्चली


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १३:०० 
  • बाजुरा, १३ जेठ । बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् ।

    आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ । यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको छ ।

    गाउँभरि डुलेर अरुसँग मागेर नाति नातिनाको पेट भर्ने काम गरेको बज्यै बिस्ना बताउनुभयो । कोरोनाको कहर बढेसँगै लकडाउनका कारण उनीहरुमा झनै समस्या थपिएको छ । लकडाउन नहुनु पहिला ज्याला मजदूरी गरेर पाल्थे, अहिले भने गाउँभरि मागेर पाल्ने गरेको बाजे अर्जुनले बताउनुभयो । “सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २, माइली कोपिला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेका छन्”, उहााँले भन्नुभयो । अर्जुनको परिवारले माथिल्लो जातिको काम गरेवापतको अन्नले केही दिनलाई खान पुुगे पनि अहिले भने परिवार पाल्न निकै समस्या भएको बताउनुभयो ।

    वडाध्यक्ष महतले भन्नुभयो, “आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छाँै, यिनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि समस्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रहसमेत गरेका छौँ ।” नगरपालिकाको महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले त्यस्ता अलपत्र परेका बालबालिकालाई यो आर्थिक वर्षमा प्रतिव्यक्ति रु एक हजार सहयोग गरेको बताउनुभयो । “युनिसेफको सहयोगमा रु एक हजार सहयोग गरेका छौँ, बाँकी नगरपालिकामा कोष स्थापना हुन लागेको छ, त्यसपछि सहयोग गर्न सकिने छ ।” (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.