सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई चार लाखको स्वास्थ्य सामग्री


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १२:३४ 
  • बागलुङ, १३ जेठ । ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्र्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

    पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ । केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी रु. चार लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गर्नुभएको थियो ।

    “कोरोना रोकथाम र उपचारमा सहयोग पुयाउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण गर्यौँ”, उहाँले भन्नुभयो । ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.