सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमा नाकामा कडाइ


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १२:२१ 
  • वीरगञ्ज, १३ जेठ । दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।

    भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताउनु भयो ।

    प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र छ । सो सीमानाकामा ७२ बिओपी र ३९ एफओपिका पोष्ट छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताउनुभयो ।

    यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ । त्यस्तै जबर्जस्ती प्रवेश गर्नेलाई कारवाही गरिने, सीमा क्षेत्रको आफँै स्वयं नियमित निरीक्षण गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतबाट कुनै सामान आउन नदिने जस्ता कार्यगरी सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.