सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युनाईटेडलाई हराउँदै भिल्लारियल युरोपा लिग च्याम्पियन


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १०:५९ 
  • काठमाडौँ,१३ जेठ । स्पेनिस क्लब भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो । खेलको निर्धारित समय १-१को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

    त्यसमा पनि गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको हो । खेलको २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो । ५५औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा धकेलियो । पेनाल्टी सुटआउटमा दुवै टोलीले सुरुवाती लगातार १०-१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले पनि सडन डेथमा प्रहार गर्नुपरेको थियो ।

    एघारौं प्रहारमा भिल्लारियलका गोलरक्षक जेरमिनो रुल्लीले गोल गर्न सफल भए तर, युनाइटेडका गोलरक्षक डेविड डी जिया चुके । उनको प्रहार भिल्लारियलका रुल्लीले बचाए । योसँगै भिल्लारियल क्लब इतिहासमा पहिलो पटक युरोपा लिग च्याम्पियन बन्न सफल भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.