सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रसुवामा उपचार सेवा प्रभावकारी


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १०:३७ 
  • रसुवा, १३ जेठ  । रसुवा अस्पतालले सञ्चालनमा ल्याएको दन्तसेवा प्रभावकारी बन्दै गएको छ । दाँत दुखाइको समस्या भोगिरहेका हिमाली क्षेत्रका ग्रामीण बासिन्दालाई स्थानीयस्तरमै उपचार सेवादिने उद्देश्यका साथ जिल्ला अस्पतालले दुई महिनाअगाडि शुरू गरेको दन्तसेवा रसुवाबासी माझ प्रभावकारी बन्न थालेको हो ।

    गत फागुन ५ गतेदेखि शुरू भएको उक्त सेवा लिनका लागि दैनिक सरदर चार-पाँच जना आउने गरेको र हालसम्म २०० भन्दा बढी स्थानीय बासिन्दाले दाँतको उपचार सेवा पाइसकेका छन् । दन्त चिकित्सक डा कबिन मुक्तानका अनुसार दाँत दुखाइको साथसाथै भाँच्चिएका र सिमेन्ट भर्नुपर्ने जस्ता समस्या भएका बिरामी बढीमात्रामा आउने गरेका छन् । खर्चको जोहो गरी काठमाडौँ पुग्नु पर्ने समश्या समाधान हुनथालेको र स्थानीय स्तरमै प्रदान भएको निशुल्क सेवाले ग्रामीण विपन्न व्यक्तिलाई ठूलो राहत मिलेको नागरिक समाजले जनाएको छ ।

    पर्यटकीय क्षेत्र रसुवागढी नाका समेतलाई मध्यनजर राखी निरन्तर सेवा प्रवाहका लागि हाल एक जना मात्र चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा दन्त सहायक समेतको थप जनशक्ति व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयसमक्ष पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिनुभयो । व्यवस्थापकीय कार्यअन्तर्गत अस्पताल व्यवस्थापन समितिले एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको छ ।

    दुर्गम क्षेत्रका बासिन्दाको उपचारमा सहजता ल्याउन अध्यक्ष कुइँकेलको पहलमा स्वास्थ्य सेवा विभागले केही महिना अगाडि एउटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । स्थानीयस्तरमा उपचार हुन नसकेका जटिल बिरामीलाई सुविधायुक्त अस्पतालमा रिफर गरी समयमै उपचार गराउन एम्बुलेन्स व्यवस्थापनले ठूलो मद्दत मिलेको चिकित्सकहरूले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.