सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्र


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १०:०९ 
  • काठमाडौँ,  १३ जेठ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ ।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौँका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

    शुरुमा १० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिए पनि यसै हप्तामा २० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने नेता जोशीले राससलाई जानकारी दिनुभयो । “कोरोनाको लक्षण देखिएर घरमा बस्न समस्या पर्ने सङ्क्रमितलाई लक्षित गरेर आइसोलेशन केन्द्र स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो ।

    उक्त आइसोलेशन केन्द्रमा चार नर्सले २४ सै घण्टा सेवा प्रदान गर्नेछन् । आइसोलेशन केन्द्रको व्यवस्थापन भने काठमाडौँ महानगरपालिका–२० का वडाअध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा हुनेछ । आइसोलेशनमा बस्ने बिरामीलाई निःशुल्क खाना, औषधि र चिकित्सकीय परामर्श दिने नेता जोशीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.