सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा दिंदै चितवनका अस्पतालहरु


  •    न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार ०८:५२ 
  • नारायण अधिकारी
    चितवन, १३ जेठ । कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।

    अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।

    भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो सङ्ख्या ४० हाराहारी छ । गोरखा, मकवानपुर, नवलपरासीलगायतका जिल्लाका सामान्य गर्भवतीहरूस्थानीयस्तरमै सुत्केरी हुने गरेकाले केही सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ ।

    जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउनुहुन्छ । उहाँको भनाइमा सुत्केरी गराउनु पर्नेमध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नुपर्छ ।

    भरतपुर अस्पतालमा यतिबेला पूर्ववत् अवस्थामा उच्च सावधानीका साथ सेवा दिइएको उहाँको भनाइ छ । कोरोनाको दोस्रो लहरमा यो विभागमा एक चिकित्सक र दुई नर्स सङ्क्रमित भएका छन् । अस्पतालमा १२ चिकित्सक र १८ नर्सले यो सेवा दिइरहेका छन् । यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराइएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ । तीन जना आइसोलेश्नमा रहेको पोखरेलको भनाइ छ ।

    सोही अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सेवा दिइरहेको बताउनुहुन्छ । मास्क, टोपी, फेससील्ड, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उहाँको भनाइ छ । आवश्यकतानुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसूति सेवा दिइँदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरकफरक ठाउँबाट दिइएको छ । अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउनुहुन्छ ।

    चितवन मेडिकल कलेजमा प्रसूति विभाग हेर्दै आउनुभएका डा सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई÷तीन जनाले प्रसूति सेवा लिने गरेका छन् । अन्य समयमा यो सङ्ख्या पाँच देखि १० हुने गरेको उहाँको भनाइ छ । वैशाखयता सङ्क्रमण भएका चार जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढङ्गबाट प्रसूति गराइएको उहाँले जानकारी दिनुभयो ।

    सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिइरहेको श्रेष्ठ बताउनुहुन्छ । बहिरङ र प्रसूति दुवै सेवा सुरक्षित ढङ्गबाट दिइएको उहाँको भनाइ छ ।

    वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहनुभएका चिकित्सक सङ्घ चितवनका अध्यक्ष लोकबहादुर सेढाईं सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिइरहेको बताउनुहुन्छ । जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढङ्गबाट अस्पतालमा सेवा दिने गरेको उहाँको भनाइ छ । नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा सेढाई अन्य बिरामी जस्तो पछि उपचार गरौँला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरुले सेवा दिइरहेको जानकारी दिनुभयो ।

    पहिले प्रसूति सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढङ्गबाट सेवा दिइरहेका छन् । राजधानी काठमाडौँपछि सबैभन्दा धेरै प्रसूति सेवा दिने भरतपुर हो । यहाँ चितवनसहित छिमेकी धेरै जिल्लाबाट प्रसूतिका लागि आउने गर्दछन् । यहाँका अस्पतालमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.