सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“अध्यादेशका बारेमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै छैन”


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १७:२३ 
  • चितवन, १२ जेठ । सरकारले हालै जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले आज भर्चुअल माध्यमबाट आयोजना गरेको नागरिकता अध्यादेशबारे छलफल कार्यक्रमका वक्ताहरुले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याईएकोमा जोड दिनुभएको हो ।

    वक्ताहरुले केपी ओली नेतृत्वको एमाले सरकारले ल्याएको राम्रो कामले जनतामा राम्रो प्रभाव पार्ने देखेर भ्रम सिर्जना गर्न खोजिएको उनीहरुको तर्क थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश कमिटी सहईन्चार्ज काशीनाथ अधिकारीले अध्यादेशका बारेमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो “अध्यादेश ल्याएर राष्ट्रघात भयो, सत्तासँग साटियो, फिजिकरण गर्न खोजियो भन्ने अफवाह फैलाईएको छ । यो सरासर गलत छ ।” संविधानले गरेको व्यवस्थालाई कार्यान्वयन गर्न र पटक पटक सर्वाेच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गर्नलाई अध्यादेश ल्याईएको उहाँले बताउनुभयो ।

    नागरिकता विधयेकका विषयमा लामो छलफलमा सरिक हुनु भएका संविधानसभा र प्रतिनिधि सभा सदस्य समेत रहीसक्नु भएका एमाले केन्द्रीय नेता विन्दा पाण्डेले संविधानको कार्यान्वयनका लागि अध्यादेश आएको बताउनुभयो । उहाँले समान हैसियतको अधिकार महिलाले पाउनु पर्नेमा जोड दिंदै भन्नुभयो “सामाजिक न्यायको आधारमा समाज निर्माण गर्ने भन्छौं । यही आधारमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था हो । बाबुको पहिचान हुन नसकेको एउटी आमाले हुर्काएको सन्तानले नागरिकता पाउनु पर्छ कि पर्दैन भन्ने मूल प्रश्न हो ।” नेपालमा बाबुको पहिचान हुन नसकेका धेरैले नागरिकता पाउन नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो “चितवनकै मध्यवर्ती क्षेत्रमा धेरै त्यस्ता नागरिक छन्, जसले अझै पनि नागरिकता पाउन सकेका छैनन् ।”

    कार्यक्रममा प्रतिनिधि सभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति रही सक्नु भएका अधिवक्ता कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता पाउने कुरा २००७ सालदेखि लडेर प्राप्त गरेको हक भएको बताउनुभयो । सोही हक कार्यान्वयनका लागि यो अध्यादेश संविधान अनुकूल ल्याईएको उहाँको तर्क छ । संविधानसभा सदस्य समेत रहनु भएका पोखरेलले संविधानले नै यसमा भएको व्यवस्था एक वर्षभित्र लागू गर्नुपर्छ भनेको उल्लेख गर्दै प्रश्न गर्नुभयो “यो विषयमा केपी ओली सरकारले एक वर्षभित्रमा संसदमा विधयक लगेको हो । तर माओवादीको नेतृत्वमा रहेको राज्य व्यवस्था समितिले समयमा पारित नगराउने अहिले संसद छल्यो भन्न मिल्दैन ?” उक्त विधयेक संसदमा आज पनि विद्यमान रहेको उहाँले स्मरण गराउनुभयो ।

    संविधानमा भएको अक्षरस भाषा र शब्द राखेर नै विधेयक ल्याईएको बताउँदै एमाले नेता पोखरेलले भन्नुभयो “नागरिकता विधेयक २०६३ को दफा ४ मा २०४६ साल चैत मसान्त नेपालमा जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुनेछन् भन्ने व्यवस्था रहेको छ ।” सर्वपक्षीय सहमतिको आधारमा त्यो विधेयक तयार भएको उहाँले स्मरण गराउनुभयो । उक्त ऐन अनुसार झण्डै १ लाख ९० हजारले जन्मसिद्धको नागरिकता प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

    “बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने तिनको सन्तानले नागरिकता पाउनु पर्छ कि पर्दैन ?” पोखरेलले प्रश्न गर्दै भन्नभयो “अहिलेको संविधान बनाउँदा कांग्रेस माओवादी कसैको फरक मत छ र ?” आज पनि यो अध्यादेशका विरुद्ध देउवा, प्रचण्ड र माधव नेपाल कसैले पनि नबोलेको भन्दै उहाँले तल्लो तहका कार्यकर्ताहरुलाई उचालेर एमालेले ल्याएको सही कुरा लोकप्रिय हुने भयो भनेर नकारात्मक प्रचार गर्नका लागि यो कुरा आएको बताउनुभयो ।

    संविधानको धारा ११ को ३ र ११ को ५ ले प्रष्ट रुपमा लेखेको कुरा अहिले अध्यादेशमा आएको बताउँदै नेता पोखरेलले भन्नुभयो “कुनै भारतीयले आएर नागरिकता पाउने सम्भावना छैन । अध्यादेशमा संविधानभन्दा एक अक्षर पनि फरक छैन ।”

    नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कपिल पोखरेल लगायत जिल्लाका नेता कार्यकर्ता र पत्रकारहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.