सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी : महामारीले औपचारिकतामा सीमित बुद्धजयन्ती


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १२:४८ 
  • रुपन्देही, १२ जेठ  । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औं बुद्धजयन्ती मनाइएको छ । कोरोना महामारीको कारण विगतका वर्षहरुमा धुमधामका साथ मनाइने बुद्धजयन्ती यसबर्ष सामान्य रूपमा मनाइएको हो ।

    लुम्बिनी विकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाएको हो । विगतका वर्षमा राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा शान्ति र्‍याली, दीप प्रज्वलन, विद्यार्थीहरुलाई छात्रवृत्ति तथा लुम्बिनिको विकासमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै बुद्धजयन्ती मनाउने गरिन्थ्यो ।

    लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतबर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजापाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रूपमा मनाएको बताए । आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले मायादेवी मन्दिर परिसरमा दीप प्रज्ववलन र खिर दान गरी बुद्धजयन्तीको शुभारम्भ गरे । लुम्बिनीमा रहेका सबै गुम्बा र बिहारको प्रतिनिधित्व हुनेगरी भिक्षु तथा भन्तेहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलिको भिडियो सन्देश प्रसारण गरिएको थियो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भानुभक्त ढकालको शुभकामना सन्देश पनि वाचन गरिएको थियो ।

    कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजनाको काम पूरा गरी बृहत लुम्बिनी गुरुयोजनाको लागि सरकारले योजना बनाइरहेको बताए । उनले लुम्बिनीमा निर्माणाधीन सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी बर्षको बुद्धजयन्ती सोही सभाहलमै गर्न सकिने बताए । उनले लुम्बिनी मानवजातिकै पवित्र भूमि भएको उल्लेख गर्दै बुद्धिजमको माध्यमबाट विश्वका मानव समुदायको कल्याण गर्न सकिने बताए ।

    मुख्यमन्त्री पोखरेलले विश्वका बुद्ध धर्म मान्ने मुलुकका गुम्बाहरु यहि निर्माण भइरहेकोले बुद्धिजमलाई विश्व समुदायले कसरी ग्रहण गरेको छ भन्ने पुष्टि भएको उल्लेख गर्दै लुम्बिनी बुद्धिजमको माध्यमबाट बिश्वले हेर्ने थलो बनेको बताए ।

    कोभिड संक्रमितहरुको संख्या घटिरहेपनि विज्ञहरुले तेस्रो लहर आउनसक्ने भनिरहेकोले स्वास्थ्य प्रोटोकलको पालना गर्न उनले सबैलाई आग्रह गरे ।

    लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी गुरुयोजनाका बाँकी काम निर्माणको लागि ४ अर्बको टेण्डर आह्वान गरिएको र अबको साढे २ वर्षभित्र गुरुयोजनाको काम सम्पन्न हुने बताए । सिद्धार्थ गौतम जन्मिएको, बुद्धत्व प्राप्त गरेको र महापरीनिर्वाण भएको दिनसमेत बैशाख पूर्णिमाकै दिन रहेकोले बुद्ध धर्ममा बैशाख पूर्णिमाको महत्व अत्यन्तै धेरै रहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.