सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १२:२५ 
  • गलकोट, १२ जेठ । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

    बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा रु १० लाख हस्तान्तरण गरेका हुन् ।

    सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पुयाउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाउनुभएका सुमन विष्टले जानकारी दिनुभयो ।

    सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा रु १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब रु २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

    पहिलो चरणको रु १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताउनुभयो ।

    कुडुँले समाज जापानद्वारा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री

    बागलुङको कुडुँले समाज जापानको तर्फबाट धवलागिरि अस्पतालको स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिइ र मास्क सहयोग गरिएको छ । कुडुँले समाज जापानका उपाध्यक्ष रामप्रसाद आचार्य, कुँडुले समाज बागलुङका अध्यक्ष कृष्ण आचार्य र तिरुपती बालाजी युवा क्लबका अध्यक्ष गणेश आचार्यले बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीको रोहबरमा अस्पतालका अध्यक्ष रानामगरलाई आठ प्याकेट मास्क र १० थान पिपिइ सेट हस्तान्तरण गर्नुभएको थियो ।

    प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

    कोरोना महामारी फैलिरहँदा बागलुङ नगरपालिका–७ का स्थानीय गणपति न्युरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङ सहयोग गर्नुभएको छ । न्युरेले जिल्ला ट्राफिक कार्यालय बागलुङमा ५०० थान मास्क तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा एक हजार थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको न्युरेले बताउनुभयो । कोराना महामारीबीच अग्रपङ्तिमा खटिएका प्रहरीलाई केही हदसम्म भए पनि राहत होस् भनेर हस्तान्तरण गरेको उहाँकोे भनाइ थियो ।

    सहयोगीप्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले धन्यवाद ज्ञापन गरेको छ । न्युरेले केही दिन अगाडि बानपा–७ को मुलपानी स्वास्थ्यचौकी तथा बागलुङ नगरपालिका–७ का सङ्क्रमितहरूको घरघरमा पुगी मास्क तथा स्यानिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.