सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किन देउवालाई समर्थन गरेकाे भन्दै महन्थ ठाकुरले साेधे उपेन्द्र यादवलाई स्पष्टीकरण


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १२:०३ 
  • काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।

    पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको बारबार्हीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।

    स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई निष्कासन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट दायर गर्न गएको, एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।

    त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.