सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युभेन्ट्स छाड्ने चर्चा चलिरहेको बेला रोनाल्डोले भने– मैले लक्ष्य प्राप्त गरें


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार ११:२० 
  •  काठमाडौं,१२ जेठ । युभेन्ट्स छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डोले युभेन्टस् आउँदा आफूले टार्गेट गरेको लक्ष्य हासिल गरेको बताएका छन् ।

    रोनाल्डोले इटालियन सिरी ए को सिजन सकिएपछि मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो योजना अनुसार युभेन्ट्समा सफलता प्राप्त गरेको दाबी गरेका छन् ।

    यस सिजन युभेन्ट्सले उपाधि रक्षा गर्न नसके पनि रोनाल्डोले सर्वाधिक गोल गर्दै व्यक्तिगत उपलब्धि हात पारे । यस्तै युभेन्ट्स अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भने भएको छ ।

    युभेन्ट्ससँग रोनाल्डोको सम्झौता सन् २०२२ सम्म छ । तर उनी युभेन्ट्स छाडेर पूर्व क्लब रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर युनाइटेडमध्ये एकमा जाने चर्चा सुरु भएको छ । रोनाल्डोले स्ट्याटसले पनि यो संकेतलाई थप बल पुगेको कतिपयको विश्लेषण छ ।

    रोनाल्डोले २०१८ मा रियलबाट युभेन्ट्स आएपछि २ सिरी ए, कोपा इटालिया र २ इटालियन सुपर कप उपाधि जितेका छन् । ‘शीर्ष खेलाडीको जीवन र खेल जीवनमा उतरचढाव हुन्छ,’ रोनाल्डोले लेखेका छन्, ‘वर्षौंदेखि हामीले उत्कृष्ट टोलीको सामना गरेका छौं, असाधारण खेलाडीसँग खेलेका छौं र महत्वकांक्षी गोल गरेका छौं । त्यसैले हामीले जहिले पनि माथिल्लो स्तरमा रहन उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।’

    रोनाल्डोले यो वर्ष सिरी ए जित्न नसके पनि इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ताको अवार्ड जितेमा खुशी व्यक्त गरे ।

    ‘इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ता जित्न सफल भएँ । यो जित्न कठिन छ । यो देशमा जित्न सहज छैन,’ रोनाल्डोले लेखेका छन्, ‘यो सबै उपब्धिमा मैले आफ्नो लक्ष्य प्राप्त गरेको छु । मैले इटाली आएको पहिलो दिनबाट आफ्नो लक्ष्य प्रष्ट गरेको थिए । लिग च्याम्पियसिप, लिग कप र सुपर कप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितें ।’

    रोनाल्डोले आफू कीर्तिमान पछ्याउने नभई कीर्तिमानले आफूलाई पछ्याउने समेत उल्लेख गरेका छन् । ‘मैले यसअघिदेखि भन्दै आएको छु म कीर्तिमान पछ्याउदिनँ, कीर्तिमानले मलाई पछ्याउँछ । मैले भनेको जसले बुझ्दैन उनीहरुलाई भन्न चाहन्छु फुटबल भनेको सामूहिक खेल हो । तर त्यो व्यक्तिगत उत्कृष्ट प्रदर्शनको सहयोगमै टोलीले उपलब्धी हासिल गर्छ ।’

    रोनाल्डोले तीन देशमा लिग,कप र सुपर कप जित्न सकेकोमा खुशी व्यक्त गरेका छन् । ‘इङ्ल्यान्ड, स्पेन र इटलीमा लिग च्याम्पियन । तीनै देशमा कप, सुपर कप विजेता, इंग्ल्याण्ड, स्पेन र इटलीमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेँ । साथै सबै देशको क्लबका एक सय भन्दा बढी गोल गरेँ ।’

    आफूले प्रतिनिधितत गरेको क्लबमा कोशेढुंगा बनाउँदा खुशी लागे यनले बताएका छन् । र अन्तिम दिनसम्म पनि यस्तै प्रयास गर्ने बताए ।

    उनले युभेन्ट्समा सय गोल समेत पूरा गरेका छन् । साथै उनले तीन देशको तीनमा यो उपलब्धि हासिल गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.