सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत ब्याज दिने गरी राष्ट्र बैंकको बचतपत्र निष्कासन


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १०:४५ 
  • काठमाडौं, १२ जेठ । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।

    पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याव दर १० प्रतिशत रहेको छ । यो व्याजदर राष्ट्र बैंकले दिइरहेको अन्य बचतपत्रको भन्दा धेरै ब्याज हो । साथै अन्य बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याजभन्दा पनि बढी नै हो ।

    यो बचतपत्रको अर्को राम्रो पक्ष भनेको ब्याज आम्दानी वापतको सरकारलाई कर तिर्नु ५ प्रतिशत कर तिर्नु पर्दैन । यो बचत पत्र नेपाल बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवसीय नेपालका परिवारले खरिद गर्न सक्ने छन् ।

    रोजगारीमा गएका आफन्त, बुबा, आमा, श्रीमान, श्रीमति, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यो बचतपत्र खरिद गर्नेले कम्तीमा १० हजार रुपैयाँ बराबरको किन्नु पर्नेछ ।

    र, यसको ब्याज राष्ट्र बैंकले प्रत्येक ६-६ महिनामा भुक्तानी हुने छ । यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइने छ ।

    बचतपत्र विक्री खुला जेठ १३ गते हुनेछ भने बन्द असार ३ गते हुनेछ । साथै ६ महिनामा प्राप्त हुने ब्याज बचत खरिदकर्ता आफै वा इच्छाएको व्याक्तिले लिन सक्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.