सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १०:२२ 
  • चितवन, १२ जेठ । कोरोना संक्रमण ग्रामीण क्षेत्रसम्म फैलिएपछि चेम्बर अफ कमर्स चितवनले टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा शुरु गरेको छ । चेम्बरले १६ जना चिकित्सकको नाम र मोबाईल नम्बर सार्वजनिक गरेर सेवा शुरु गरेको हो । रेडियो कार्यक्रम मार्फत् पनि सेवा दिईएको छ ।

    चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार विभिन्न विधाका १६ जना चिकित्सकको नम्बर सार्वजनिक गरिएको छ । फिजिसियन, प्रसुतीरोग, सर्जन, हाडजोर्नी, मनोरोग, बालरोग लगायतका विधाका चिकित्सकको नम्बर सार्वजनिक गरिएको हो । संस्थाले नयाँ मोबाईल नम्बर उपलब्ध गराएको हो । ती चिकित्सकको नाम सामाजिक सञ्जाल र विज्ञापन गरी ग्राामीण क्षेत्रसम्मका सर्वसाधारणलाई उपलब्ध गराएको छ ।

    श्रेष्ठका अनुसार सोमबारबाटै सेवा शुरु भएको छ । उहाँले भन्नुभयो “चिकित्सकहरुलाई टेलिफोन आईरहेको छ ।” कोभिड संक्रमणसँगै जिल्लामा निषेधाज्ञा भएपछि सर्वसाधारण चिकित्सकसम्म पुग्न नसक्ने अवस्था आएपछि चेम्बरले यो अभियान सञ्चालन गरेको हो । स्वास्थ्य सम्बन्धी जुनसुकै समस्या भएपछि चिकित्सकको परामर्श लिन सकिने छ । सर्वसाधारणले आफूलाई भएको रोगका आधारमा चिकित्सकसँग परामर्श गर्न सक्ने छन् ।

    सामान्य अवस्थामा अस्पताल आउन नपर्ने गरी सेवा दिन लागिएको श्रेष्ठले बताउनुभयो । निषेधाज्ञा लागेपछि अस्पतालका बहिरंग सेवा बन्द छन् । शहरका अस्पतालसम्म आउन सवारीसाधनको अभाव छ । दीर्घरोगीहरुको औषधि समेत सक्किएकाले यो अभियान प्रभावकारी हुने जनाईएको छ । अधिकांश संक्रमित होमआईसोलेसनमा रहेकाले पनि सेवा प्रभावकारी हुने श्रेष्ठ बताउनुहुन्छ ।

    यसैगरी चेम्बरले भरतपुरको कालिका एफएम र सिनर्जी एफएममा चिकित्सकसहित कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रममा बिरामी वा सङ्क्रमितले आफ्नो परिचय गोप्य राखेरै समस्या राख्न सक्ने छन् । उहाँका अनुसार अन्य रेडियोहरुमा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.