सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निषेधाज्ञा थप्ने तयारी,आज डिसिसिएमसीको बैठक बस्दै


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १०:१५ 
  • चितवन, १२ जेठ । चितवनमा कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा थपिने भएको छ । वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक आज बस्ने र त्यसको सिफारिस अनुसार नै निषेधाज्ञाको समय थप गरिने बताउनुभयो । कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्न लागिएको जानकारी दिनुभयो ।

    चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.