सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १०:११ 
  • मोरङ, १२ जेठ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ ।

    मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्नुहँुदै शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनको महत्व आजको विश्व परिवेशमा झनै बढेको उल्लेख गर्नुभएको छ ।

    सन्देशमा उहाँले बुद्धका उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।

    हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको सन्देशमा उल्लेख छ । उहाँले यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गरेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

    बढ्दोरूपमा फैलिएको कोरोना भाइरसका कारण यी चाडपर्व खुला र भव्यरूपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना सङ्क्रमणबाट बच्न र सुरक्षित रहन सबैसँग अपिल गर्नुभएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.