पछिल्लो २४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ४०४ जना निको
न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १७:३६
काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १६९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।