सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १५:१७ 
  • काठमाडौँ, ११ जेठ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् ।

    गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०-७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

    निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ ।” निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए ।

    कामदारले धमाधम काम छाडेर हिंडिरहेकाले निर्माणमा बाधा पुगेको छ । निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई कोभिड मापदण्डको पालना गराएर काममा लगाइएको हो । कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख दृष्टिले बताउनुभयो ।

    सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई उच्च प्राथमितामा राखेको भएपनि आयोजना निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । कहिले वन क्षेत्रमा रुख हटाउने, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण ठप्प बनाउने र गत वर्षदेखि कोभिडको असर परेको प्रमुख दृष्टिले बताउनुभयो । समग्र ठेक्काको हिसाबले १५-२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ÷सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । चिनियाँ कम्पनीले पनि स्वास्थ्य मापदण्डको पालना गरेर काम अघि बढाइरहन चाहेको बताइन्छ ।

    नारायणगढदेखि बुटवल सडकको लम्बाई ११५ किमी रहेको छ । सो सडकमा पूर्व र पश्चिम गरेर दुई ठेक्कामा निर्माण भइरहेको । चिनिँया कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पाेरेशनले दुबै ठेक्कामा निर्माण अघि बढाइएको छ । ‘डेडिकेडेट डबल लेन’ सडकमा कतै ठाउँ हेरेर तीनदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । बजार क्षेत्रमा मुख्य राजमार्ग चार लेन र दुई लेन सर्भिस ट्याक गरी छ लेनमा विस्तार हुँदैछ । मुख्य राजमार्गको दुबैतर्फ एक-एक लेनको सर्भिस ट्याकको निर्माण हुनेछ ।

    जङ्गल क्षेत्र, बस्ती नभएका क्षेत्रमा चार लेन हुने छ भने दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुँदैछ । क्षमताभन्दा बढी तौल बोकेका धेरै गाडीहरु धेरै दाउन्ने आइपुगेर बिग्रने गरेको छ । एउटा लेनमा गाडी बिग्रिए पनि अरु दुई लेनबाट दुबैतर्फ पास हुनसक्ने भन्दै तीन लेनमा विस्तार गर्न लागिएको बताइएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.