गण्डकीको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १५:०१ पोखरा, ११ जेठ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरा सभागृहमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरू हुनेछ । मन्त्रिपरिषद्को बैठकले अधिवेशन डाक्न सिफारिससहित सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिसमेत लिने निर्णयसमेत गरिएको प्रवक्ता बस्नेतले बताएका छन् । ‘भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयको सडक सम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति लिएर बैठक समापन भएको छ,’ उनले भने । तपाईको प्रतिक्रिया ताजा अपडेट मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सुनसान सौराहा, धमाधम बुकिङ रद्द तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
पोखरा, ११ जेठ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ ।
मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
पोखरा सभागृहमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरू हुनेछ ।
मन्त्रिपरिषद्को बैठकले अधिवेशन डाक्न सिफारिससहित सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिसमेत लिने निर्णयसमेत गरिएको प्रवक्ता बस्नेतले बताएका छन् ।
‘भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयको सडक सम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति लिएर बैठक समापन भएको छ,’ उनले भने ।