सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शान्ति समाज


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १४:५१ 
  • काठमाडौँ, ११ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ ।

    समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

    उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछ । समाजले वर्तमान सङ्कटपूर्ण अवस्थामा सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा जेठ ५ गते पशुपति क्षेत्रका बाँदरका लागि मनपर्ने भिजेको चना र पाउरोटीसहित सामग्री वितरण गरेको थियो ।

    जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई समाजले रु १६ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ । यसैगरी जेठ ३ गते गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीलाई पाउरोटी वितरण गरिएको थियो । जेठ २ गते काठमाडौँ साँखुस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई रु २३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो ।

    सहयोग प्रदान कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौँ शाखा सदस्य विकास थापा, भगवान पुडासैनीसहित सहभागिता थियो । यस्तै २०७८ जेठ १ गते समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीलाई मास्क उपलब्ध गराएको थियो । काठमाडौँमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।

    यसै क्रममा अक्सिजन प्लान्ट शीघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेसँग छलफल गरेको थियो । बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकसँग कोभिडसँग सम्बन्धित विषयमा छलफल गरिएको समाजले जनाएको छ । महामारीको यो समयमा अक्सिजनको खोजी र अन्य मानवीय सेवामा लागि रहने समाजको प्रतिबद्धता छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.