बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु
न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १४:२२
काठमाडौं, ११ जेठ । बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ सरखोल, खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विक र उनकी छोरी तीन वर्षीया दिपीकाको मृत्यु भएको हो ।
सोमबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुईवटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो । चन्द्राको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते दिपीकालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।