सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १३:३७ 
  • ओखलढुङ्गा, ११ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन् ।

    जिल्लाको सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा १० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सङ्क्रमितलाई पालिकाभित्रै राखेर उपचार गर्ने उद्देश्यले सुनकोशीले अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । आइसोलेसन केन्द्रमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने गरिएको छ । ‘‘पालिकाले आफ्नै स्रोत र साधनबाट अक्सिजनसहितको आईसोलेसन केन्द्र तयार गरेको छ ।

    सम्भव भएसम्म हामी सबै सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर सङ्क्रमण मुक्त बनाउनेछौं’’, अध्यक्ष अधिकारीले भन्नुभयो । लक्षण नदेखिएपनि सङ्क्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा बस्ने वातावरण नभए समुदायमा फैलिन नदिन आइसोलेसन केन्द्रमै राखिने अध्यक्ष अधिकारीले बताउनुभयो । गाउँपालिका—७ च्यानम स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर र दुई वटा कन्सन्टे«टसहितको १० शैय्याको आइसोलेसन केन्द्र तयार गरिएको छ ।

    पालिकाले गाउँमै अक्सिजनसहितको आइसोलेसन तयार गरेपछि स्थानीय खुसी भएका छन् । यसअघि सुनेकाशीका सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा ल्याउनुपर्ने बाध्यता थियो । घरघरै जस्तो कोरोनाको सङ्क्रमित भएको जिल्लाको मोलुङ गाउँपालिकाले रामपुरमा ७ शैय्याको आइसोलेसन तयार गरेको छ ।

    जिल्लामा सबैभन्दा पहिलो बढी सङ्क्रमित भेटिएको मोलुङमा दुई वटा अक्सिजन कन्सनट्रटेरसहित सात शैय्याको आइसोलेसन बनाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले सङ्क्रमितलाई अस्पताल लैजानुपरेमा तत्काल उद्धार गर्ने उद्देश्यले सवारी साधन तयारी अवस्थामा राखेको छ । मोलुङमा ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एकको मृत्यु भइसकेको छ भने एक जना झापाको विएण्डसी अस्पतालमा उपचाररत छन् । अन्य ६३ जना आ–आफ्नै घरमा बसिरहेका छन् । खिजीदेम्बा गाउँपालिकाले पालिकाको केन्द्र खिजीफलाटेमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

    कोभिड अस्पताललाई थप व्यवस्थित बनाउने र थप आइसोलेसन व्यवस्थापन गरेर नागरिकलाई सेवा शुरु गरिएको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताउनुभयो । खिजीदेम्बाका वडाहरुमा समेत जनप्रतिनिधिको सङ्क्रमितको व्यवस्थापन गर्न थालिएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि धमाधम आइसोलेसन कक्ष तयार गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.