सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखले बोलाएको पूर्वसभामुखको बैठकमा सुवास नेम्वाङ नजाने


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १३:२० 
  • काठमाडौं,११ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो संसद भवन बानेश्वरमा उनले पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका हुन्।

    सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिए । ‘अहिले फेरि संसद विघटन भएको छ, यसबारे पूर्वसभामुखको धारणा बुझ्न छलफल गर्न लाग्नु भएको हो,’ उनले  भने, ‘संसद विघटन हुँदाका बेला पूर्वसभामुखहरूको अनुभव जान्न पनि हो ।’

    सभामुख सापकोटाले संसद विघटन असंवैधानिक भएको भन्दै यसविरुद्ध उभिन अपील गरिसकेका छन् । उनी पहिलो पटक संसद विघटन हुँदा पनि यसविरुद्ध उभिएका थिए।

    न्यौपानले सबै पूर्वसभामुखलाई छलफलको लागि निम्ता गरेको जानकारी दिए । सुवास नेम्वाङ, कृष्णबहादुर महरा, ओनसरी घर्ती, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगाना पूर्वसभामुख हुन् ।

    नेम्वाङ नजाने सभामुख सापकोटाले बोलाएको बैठकमा पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने नजाने भएका छन् । आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकाले आउन नसक्ने जानकारी गराएको नेम्वाङले बताए ।

    उनले भने, ‘व्यक्तिगत रूपमा तपाईं र म अलग्गै छलफल गरौंला केही समस्या छैन । आज मेरो पूर्वनिर्धारित कार्यक्रम भएकाले आउन सक्दिन भनेको छु । कुरा बुझिहाल्नु हुन्छ नि उहाँ जस्तो मान्छेले ।’

    पछिल्लो समय सभामुखले सरकारविरुद्ध मुद्दा मामिला गरेर हिँडेको र पार्टीको झण्डा बोक्न थालेको भन्दै नेम्वाङ असन्तुष्ट बनेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.