सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १०:१८ 
  • कनकाई, ११ जेठ । झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

    कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढेसँगै सङ्क्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका सभापति प्रवीण तिम्सिनाले जानकारी दिनुभएको छ ।

    सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र घरमा पुयाउने कामका लागि नगरपालिकालाई एम्बुलेन्सको थप आवश्यकता महसुस गर्दै रेडक्रसले एम्बुलेन्स हस्तान्तरण गरेको बताइएको छ । कनकाई–३ स्थित सुरुङ्गामा २० वर्षअघि स्थापना भई विपद् व्यवस्थापनलगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण सेवा गर्दै आएको सुरुङ्गा रेडक्रसले मे१च ९९५ नंको महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको एम्बुलेन्स नगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेको रेडक्रस सभापति तिम्सिनाले बताउनुभयो ।

    नगरपालिकाले कोरोना सङ्क्रमित आफ्ना नगरवासीलाई प्राथमिक चरणको उपचार सेवा दिने उद्देश्यले भर्खरै मात्र अक्सिजनसहितको २० शय्याको आइसोलेशनकक्ष सञ्चालनमा ल्याएको छ । रेडक्रसले नगरपालिकालाई सहयोग गरेको एम्बुलेन्सबाट बिरामीको उपचार सेवामा थप सहज हुने विश्वास व्यक्त गर्दै नगर प्रमुख राजेन्द्र पोखरेलले रेडक्रस संस्थाप्रति धन्यवाद प्रकट गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.