सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको क्यान्सर अस्पतालमा कोभिड बिरामीलाई अक्सिजन अभाव


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार २०:१४ 
  • विप्लव काफ्ले

    चितवन, १० जेठ । जिल्लाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । प्रयाप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो ।

    अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । तर, अस्पतालमा अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ ।
    पुरानो भवनका १४४ बेडमा कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयु ४०, आइसीयु ११ र ३ भेन्टिलेटर छन् ।

    कोभिडको दोस्रो महामारी लगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सर बाहेकका अन्य कोरोना संक्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो । अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशाला समेत छ । “अहिलेसम्म जेनेतन अक्सिजनको व्यवस्थापन गरेका छौँ”, कार्यकारी निर्देशक डा. देजकुमार गौतमले  भन्नुभयो, “बिरामी थपिदै जाँदा चुनौति पनि थपिदै गएको छ ।” उहाँका अनुसार अधिकाँश संक्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् । “हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।”

    उहाँले आवश्यक उपकरण थप गर्दै संक्रमितको उपचारलाई सहज बनाइने बताउनुभयो । छिट्टैनै अक्सिजन लिक्युड प्लाण्ट जडानका लागि टेण्डर प्रक्रिया सुरु भएको गौतमले जानकारी दिनुभयो । सो प्लाण्ट सञ्चालनमा आउन करिब २ महिना लाग्ने देखिन्छ । सो प्लाण्टले एकै पटकमा १ सय ५० सिलिण्डर भर्न सक्नेछ ।

    अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार अस्पतालमा ३६ जना एचडीयुमा, ७ जना आइसीयु २ जना भेन्टिलेटरमा उपचारमा छन् । कोभिड वार्डबाट हालसम्म २१ जना डिस्चार्ज भएका छन् । १७ जनाले ज्यान गुमाएका छन् । “हामीसँग १–२ घण्टाको पनि रिजर्व गर्ने क्षमता छैन”, शर्माले भन्नुभयो “अक्सिजन लिन गएको गाडी बीच बाटोमै बिग्रेमा वा प्लाण्टमा केही ढिलो भएमा यता बिरामी थप जोखिममा पुग्ने अवस्था छ, यस्ता समस्या दिनहुँ भोगिरहेका छौँ ।”

    स्थानीय प्रशासनले समन्वय गरिदिए मात्रै कोभिडका जटिल बिरामीको उपचार गर्न सक्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो । “पर्याप्त अक्सिजन नभएसम्म बिरामी भर्ना गरेर अर्थ छैन”, उहाँले गुनासो गर्नुभयो, “हामी पनि अक्सिजन जुटाउन अनेक उपाय सोचिरहेका छौँ ।”

    विगतमा अस्पतालमा क्यान्सरका बिरामीलाई दैनिक करिब ३० सिलिण्डरमात्रै पुग्ने गरेको थियो । तर, अहिले कोभिडका बिरामीलाई अक्सिजन बढी आवश्यक पर्ने भएकाले दिनहुँ १ सय ३० सिलिण्डर बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाई छ । “अस्पतालको आफ्नै अक्सिजन प्लाण्ट विस्तार नहुँदासम्म उपचारमा केही कठिन छ”, उहाँले भन्नुभयो “यो बेला हामी स्थानीय प्रशासनको थप सहयोगको आशमा छौँ ।” २४ सै घण्टा अक्सिजनको उपलब्धता गराउन उहाँले माग गर्नुभयो ।

    फलोअपमा आउने क्यान्सरका बिरामीलाई भने अस्पतालले सम्बन्धित विभागका चिकित्सकलाई फोन वा जुम मार्फत सम्पर्क गरेर परामर्श लिएपछि मात्रै अस्पताल आउन सुझाएको छ । केमोथेरापी, अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी तथा कुरुवा, मेमोग्राफि, इन्डोस्कोपी गर्नुपर्ने बिरामीका लागि पिसिआर परीक्षण अनिवार्य गराइएको छ । विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ओपीडी टिकट खुल्ला गरिएको छ । अस्पतालले कोभिडका कारण हाल कुनै क्यान्सर उपचारलाई रोकेको छैन । क्यान्सर अस्पतालको ४ सय ५० शैया छन् । वैशाख यता अस्पतालमा दिनहुँ कोभिडका करिब ३ सय बिरामी आउने गरेका छन् ।

    ४७ सय बढी सक्रिय संक्रमित, एकै दिन १५ जनाको मृत्यु

    चितवनमा सक्रिय संक्रमितको संख्या ४ हजार सात सय सय बढी रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा ४ हजार ७ सय ४१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा ७ जना, कलेज अफ मेडिकल साइन्सेसमा ६ जना, भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा १–१ जनाको ज्यान गएको हो । सोमबारमात्रै १ सय २९ जना नयाँ संक्रमित फेला परेका छन् ।

    चितवनका ४ वटा अस्पतालमा ४ सय ७३ जना संक्रमितको उपचार भैरहेको छ । भेन्टिलेटरमा ६० जना, आइसीयुमा २ सय ३३ जना, एचडीयुमा ७३ जना, साधरण बेडमा १ सय ६७ जनाको उपचार भैरहेको छ । चितवनमा हालसम्म १२ हजार ७ सय ९६ जनामा संक्रमण देखिसकेको छ । (कान्तिपुर हेल्थबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.