सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोप आपूर्तिका लागि पाँच ठूला मुलुकलाई पत्राचार, एकमहिनापछि संक्रमण घट्ने अनुमान


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १६:०१ 
  • काठमाडौं, १० जेठ  । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई पत्राचार समेत गरिएको बताए ।

    नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि शुक्रबार आफूले नर्वेली राजदूतसँग कुरा गरेको र नर्वेले सकारात्मक जवाफ दिएको मन्त्री त्रिपाठीले जानकारी दिए ।

    मित्रराष्ट्रबाट अहिलेसम्म २ अर्ब बराबरको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै मन्त्री त्रिपाठीले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको समेत बताए ।

    नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको जानकारी मन्त्री त्रिपाठीले दिए ।

    स्वास्थ्य संकटकालको सुझाव सकारात्मक

    मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुले दिएको सुझावलाई सकारात्मक रहेको बताएका छन् । यसैसाता राष्ट्रपति कार्यालयले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको छ जसमा स्वास्थ्य संकटकाल लगाउन सकिने देखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएका छन् ।

    काठमाडौं जिल्ला प्रशासनले अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयन गर्दै निषेधाज्ञालाई कडाइ गर्ने थप आदेश सार्वजनिक गरिसकेको छ ।

    ४ सातापछि संक्रमण घट्न सक्छ

    स्वास्थ्य त्रिपाठीले आगामी चारसातापछि संक्रमणको गति घट्न सक्ने बताए । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए ।

    सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।

    सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए । बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।

    स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.