सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक करोड सहयोगमा मन्त्री आलेले पठाएको स्वास्थ्य सामग्री डोटीमा


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १५:१२ 
  • डोटी, १० जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाउनुभएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि उहाँले पठाउनुभएको स्वास्थ्य सामग्री यहाँ आइपुगेको हो ।

    सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजरलगायत छन् ।

    केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “श्यया सरकारी अनुदानमा आएको छ, अन्य सम्पूर्ण स्वास्थ्य सामग्री मन्त्रीज्यूले किनेर पठाउनुभएको हो ।” जिल्लामा स्वास्थ्य सामग्री तथा श्यया अभावमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भइरहेका बेला मन्त्री आलेले स्वास्थ्य सामग्री पठाएपछि उपचारमा सहज हुने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्री नहुँदा उपचारमा समस्या भएको थियो, मन्त्रीज्यूले स्वास्थ्य सामग्रीसहित श्यया उपलब्ध गराएपछि अब उपचार गर्न सहज हुनेछ ।” उहाँले पठाएका स्वास्थ्य सामग्री कम्तीमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ । यसैगरी मन्त्री आलेले सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीका लागि ५० थान भरिएका अक्सिजन सिलिण्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, स्यानिटाइजरलगायत सामग्रीसमेत उपलब्ध गराउनुभएको छ । उहाँले पठाएका स्वास्थ्य सामग्री जिल्लाका नौवटै स्थानीय तहमा आजै वितरण गरिने कार्यक्रम तय भएको बताइएको छ ।

    पछिल्लो समय जिल्लामा अभाव भएका औषधिसमेत मन्त्री आलेको लगानी तथा पहलमा उपलब्ध भएपछि उपचार गर्नमा धेरै सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । मन्त्री आलेले जिल्लामा यसअघि पनि २२ थान अक्सिजनले भरिएका सिलिण्डर प्रदान गर्नुभएको थियो भने उहाँको पहलमा जिल्ला अस्पतालमा अक्सिजन पाइपलाइन तथा प्लान्ट (कारखाना) स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो ।

    यसैगरी कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु श्यया अभावमा समस्या उत्पन्न भएपछि मन्त्री आलेका पहलमा पुनः अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा पाँच श्ययाकोे एचडियु विस्तार (जडान) का लागि रु ८० लाख बजेट विनियोजित गरेको थियो । जिल्लामा हालसम्म कम्तीमा पनि ६०० कोरोनाका सक्रिय सङ्क्रमित छन् भने कोरोनाले पाँचजनाको ज्यान गइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.