सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असहाय वृद्धालाई औषधि उपचारको चिन्ता


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १५:०० 
  •  महोत्तरी, १० जेठ । कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी करीब ८० वर्षीया रुक्मिणी भुजेललाई औषधी उपचार कसले गरिदेला भन्ने चिन्ता परेको छ ।

    सम्पत्तिको नाउँमा एउटा पराले झुप्रो मात्र रहेको र परिवारमा रेखदेख गर्ने कोही नभएपछि भुजेललाई महाव्याधि सङ्क्रमण कसरी पार लाउने भन्ने चिन्ता बढेको हो । “बाबु, खै मलाई त कोरोना भएकोे छ रे” शनिबार परीक्षणका लागि दिइएको स्वावको नतीजा आज सुनेपछि भुजेलले भन्नुभयो, “अब पानी तताएर दिने पनि घरमा कोही छैनन् ।” आपदका बेला मनकारी छिमेकीले दूध र पानी कहिलेकाहीँ ल्याइदिने गरेका भुजेल बताउनुहुन्छ । उहाँका पतिको पहिले नै मृत्यु भएको थियो भने २० वर्षदेखि बिदेसिएका उहाँका छोराको कुनै पत्तो छैन । घरमा भएको एउटा छोरा पनि अशक्त भएको उहाँ बताउनुहुन्छ ।

    गत शनिबार ‘एउटै बस्तीमा १३ को मृत्यु’ शिर्षकको समाचार राससमा आएपछि बस्तीमै स्वास्थ्यकर्मीको टोली पुगेर स्वाव सङ्कलन गरेको थियो । स्वाव परीक्षणबाट भुजेलमा सङ्क्रमण पुष्टि भएको खबर आज पाउनासाथ उहाँमा उपचारबारे छटपटी बढेको हो । जेठ महिना लागेदेखि नै ज्वरो आउने, टाउको दुख्ने , जिउहात कटकटी खाने र सास फेर्न अप्ठ्यारो भएको बताउने भुजेललाई छिमेकीले बस्तीमै पुगेको स्वाव सङ्कलन केन्द्रमा पु¥याएर स्वाव दिन सहयोग गरेका थिए । बस्तीमा गत वैशाख २० यता हालसम्म १४ जनाको मृत्यु भएको छ । पछिल्लोपटक आइतबार एक ६१ वर्षीय पूर्वशिक्षकको मृत्यु भएपछि यो सङ्ख्या १४ पुगेको हो ।

    कोभिड–१९ का भनिने लक्षणकै बिरामीको मृत्यु भएपनि एक ५० वर्षीया महिलाबाहेक कसैको स्वाव परीक्षण भएको थिएन । बस्तीमा एकपछि अर्को मर्दै जाने र बिरामी बढ्दै गएपछि त्रास नै बढेको छ । यसैबीच गत शनिबार पहिलो चरणमा स्वाव लिइएका ५० मध्ये २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भुजेलजस्तै गरीब परिवारका सदस्य सङ्क्रमण पुष्टि भएका छन् । बस्तीमा अझै बिरामीको सङ्ख्या निकै रहेको र पिसिआर परीक्षण गरिन आवश्यक भएको भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो बताउनुहुन्छ । सङ्क्रमण पुष्टि भएकाहरुको खानपान, उपचार र अन्य रेखदेख हुन नसके महाव्याधि भय झनै बढ्ने देखिन्छ ।

    “गरिबीले गर्दा औषधि उपचार गर्नसक्ने आर्थिक सामथ्र्य नभएका निकै छन्” महतोले भन्नुभयो, त्यस्ता परिवारमा तत्काल औषधिसहितको राहत पु¥याउन जरुरी छ ।” त्यसैगरी बिरामी भई घरमा रहेका १०० भन्दा बढीको पिसिआर परीक्षणका लागि स्वाव लिनु पर्ने महतो बताउनुहुन्छ । यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भङ्गाहा–४ रामनगर बस्ती सङ्क्रमणबाट ज्यादै प्रभावित देखिएको हुँदा बाहिरी आवागमन पुरै रोकेर स्वाव सङ्कलन र थप उपचार प्रबन्ध बढाइने बताउनु भएको छ ।

    उपलब्ध साधन, स्रोत र जनशक्तिको बढीभन्दा उपयोग गर्दै महाव्याधि नियन्त्रणमा सबै लाग्न पर्ने भट्टराईको भनाइ छ । रामनगरमा अहिले पनि १०० भन्दा बढी कोभिड–१९ लक्षणका बिरामीको पिसिआर परीक्षण बाँकी छ । बस्तीका गरीब परिवारलाई उपचार र राहत प्रबन्धमा जुटिएको वडाध्यक्ष महतोले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.