सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड अस्पताल र आइसोलेसनको पूर्वमन्त्रीद्वारा अनुगमन


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १४:१२ 
  • सिञ्जा १० जेठ । गुठीचौर गाउँपालिकामा ४० शय्याको आइसोलेसन बनाइएको छ । आइसोलेसनमा शय्या निर्माण, आइसोलेसनमा बस्ने सङ्क्रमितको व्यवस्थापन, उपचार र रेखदेखको व्यवस्था मिलाइएको भएपनि अहिलेसम्म सङ्क्रमित आइसोलेसनमा बसेका छैनन् ।

    दश शय्या थपेर ५० शय्याको आइसोलेसन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार गुठीचौरमा हालसम्म सङ्क्रमितको सङ्ख्या १७ पुगेको भएपनि एक जना सङ्क्रमित पनि आइसोलेसनमा बसेको छैनन् ।

    उहाँले भन्नुभयो, “सङक्रमित आइसोलेसनमा बस्न मान्दैनन् । सबै होमआइसोलेसनमै बसेका छन् । होमआइसोलेसनबाट सङ्क्रमण फैलने खतरा बढेकाले अब देखिने सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ ।” यसैबीच जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले यी दुई स्थानीय तहमा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरेको हो ।

    अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । उहाँले स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर सङ्क्रमण फैलन नदिनका लागि सावधानी अपनानुपर्नेमा जोड दिनुभयो । गुठीचौरमा आइसोलेसन बनेको भएपनि प्रयोग नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । गुठीचौरमा रहेको कोभिड अस्पतालमा अक्सिजनसहितको व्यवस्था गरिएको थियो ।

    गाउँपालिकाले १० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ र २५ सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । जिल्लाको पातारासी गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन बनाएको छ । गाउँपालिकामा ५० शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल बनिसकेको छ । हालसम्म गाउँपालिकामा ३६ सङ्क्रमित छन् । कोही पनि आइसोलेसनमा बसेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.