सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव पक्षले स्पष्टीकरणको जवाफ नदिने, जस्तोसुकै कारवाही भोग्न तयार


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १३:४७ 
  • काठमाडौं,१० जेठ । माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ।

    शनिबार बसेको एमालेको स्थायी कमिटी बैठकले सोमबार बिहानसम्मको समय दिएर अन्तिम पटक भन्दै विघटित संसदका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको स्पष्टीकरण प्राप्त भएको बताएका छन् । सांसद मेटमणि चौधरीले स्पष्टीकरण पाएको तर त्यसको जवाफ नदिने बताए ।

    अर्की सांसद कल्याणी खड्काले पनि स्पष्टीकरण पत्र आफूलाई प्राप्त भएको बताइन् । स्पष्टीकरणमा पार्टी अनुशासन उल्लघंन गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? त्यसवापत कारबाही किन नगर्ने ? भनेर सोधिएको  जानकारी दिइन् ।

    ‘स्पष्टीकरणको केही अर्थ छैन,’ खड्काले भनिन्, ‘जे-जे सोध्छन् हामीले त्यसको स्पष्टीकरण दिँदै जाने दास हो र हामी ? स्पष्टीकरणको जवाफ दिँदैनौं । स्ष्टीकरण दिए पनि त्यहाँ आत्मसर्मपण गर्न जाने होइन ।’

    खड्काले स्पष्टीकरणको जवाफ नदिएवापत जस्तोसुकै कारबाही भोग्न आफूहरू तयार रहेको बताइन् । ‘उहाँहरूलाई जे मन लाग्छ, त्यही गर्नुहुन्छ, गरे हुन्छ । कारवाहीको केही अर्थ छैन् । सांसद छैनौं, उहिल्यै केन्द्रीय सदस्यबाट हाम्रो जिम्मेवारी खोसिसक्या छ ।’

    संविधानको धारा ७५ (५) अनुसार प्रधानमन्त्री दावी गर्दा नेपाल पक्षका २६ सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गरेका छन् ।

    स्ष्टीकरणको जवाफ दिन दिइएको समय घर्किनै लाग्दा एमालेको संस्थापन पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्पष्टीकरण सोधिएकाहरुलाई कारवाही हुने सम्भावना छ।

    त्यस्तै बैठकमा पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.