सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली महिला समाज पोर्चुगलका अध्यक्षमा पौडेल


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १२:४५ 
  • पोर्चुगल, १० जेठ । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट बचेको समयलाई स्थापनाको पहिलो वर्षमा नै समाजले उल्लेखनीय कार्य गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

    अधिवेशनले माया पौडेल खरालका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । गठित कार्यसमितिका उपाध्यक्षमा सरिता शर्मा र दीपा लिम्बू, महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार र देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी, सहकोषाध्यक्षमा सङ्गीता थापा मगर तथा सदस्यमा अप्सरा बर्तौला, इन्दिरा परियार, सुमित्रा दिवाली, इन्दिरा बस्याल, सीता कँडेल सापकोटा, शान्ता ढुङ्गाना, रीता ढकाल ,आशा रिजाल, मनिषा दुलाल, शशी शेर्पा र रविना भाट रहनुभएको छ ।

    महिला समाज स्थापनाकालदेखि सहयोग गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन) केन्द्रीय सहकोषाध्यक्ष लोकप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता राजेन्द्र शर्मा, अधिवक्ता शारदा पौडेल, पोर्चुगलमा पहिले नेपाली प्रचालीका इन्दिरा ब्यञ्जनकार श्रेष्ठ, सौन्दर्यकर्मी मीरा कार्की, मनोज भट्टराई र अनु क्षेत्रीलाई सम्मान गरेको थियो ।

    कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, पर्यटनदूत रमेश गुरुङ, गोविन्द पौडेल, प्रवासी नेपाली एकता मञ्च अध्यक्ष मदन लिम्बू, पत्रकार राजकुमार थापा, जनप्रगतिशील मोर्चा अध्यक्ष पूर्ण विक, नेपाल समाज पोर्चुगलका अध्यक्ष सोम शेर्पा, नेपाली नारी समाजका उपाध्यक्ष प्रीति योञ्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    नेपाली महिला समाजको प्रगति प्रतिवेदन संस्थाका सदस्य शोभा पुरीले पेश गर्नुभएको थियो भने सुशीला थापाका संयोजकत्वमा गीता राना र नीमलामु शेर्पा रहेको निर्वाचन समितिका तर्फबाट सदस्य नीमलामु शेर्पाले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.