सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्डियन भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार ०७:२८ 
  • काठमाण्डौं, १० जेठ । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।

    अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ। दोस्रो डोज लगाएको २ सातापछि अस्ट्राजेनेका खोप इन्डियन भेरियन्ट रोक्न ६० प्रतिशत प्रभावकारी र बेलायती भेरियन्ट रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ। इन्डियन भेरियन्ट रोक्न फाइजर खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्ट रोक्न ९३ प्रतिशत सक्षम रहेको पनि अध्ययनले देखाएको बिबिसीले जनाएको छ।

    बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले फाइजर खोपको तुलनामा बेलायतमा अस्ट्राजेनेका खोपको प्रयोग ढिलो सुरु गरिएकाले यी दुई खोपको प्रभावकारितामा फरक आएको हुन सक्ने जनाएको छ। बेलायतमा फाइजर खोपलाई पहिला अनुमति दिइएको थियो। बेलायतको उक्त संस्थाले अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति र मृत्यु रोक्न खोप झनै बढी प्रभावकारी रहेको देखिएको जनाएको छ। अस्ट्राजेनेका खोपले प्रभावकारिता देखाउन केही समय लाग्ने अन्य तथ्यांकले देखाएको पनि पब्लिक हेल्थ इंग्ल्यान्डले उल्लेख गरेको छ। (नागरिक दैनिकबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.