सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्धका गतिविधिप्रति एमाले गम्भीर


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १७:०३ 
  • काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको स्थायी कमिटी बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ विरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो ।

    बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्ध सरकारले गरिरहेका प्रयासका सम्बन्धमा बैठकलाई जानकारी गराउनुभयो र बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्न आवश्यक कानूनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।

    यादवप्रति श्रद्धाञ्जलि बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.