सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १५:१५ 
  • काठमाडौं , ६ जेठ । नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ।

    बिहीबार सकिएको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेस साहले जानकारी दिए ।

    ‘प्रचण्डको कमाण्डमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने, सदस्य संख्या भने नारायणकाजी श्रेष्ठ लगायतसँग सरसल्लाह गरेर टुंग्याउने र संख्या सकेसम्म सानो बनाउने निर्णय भयो,’ उनले भने, ‘यस अन्तर्गत प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् ।’ बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटीमा सर्कुलर पठाउने निर्णय गरेको छ ।

    सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ । आज भएका निर्णयहरूलाई समेटेर भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्रमा बुझाउने र त्यसमा सिसीएमसी खारेजीको माग गरिने साहले जानकारी दिए । उनका अनुसार संविधानले सीसीएमसी नचिन्ने भएकोले माओवादीले यसलाई असंवैधानिक भनेको छ ।

    अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी नेताहरूको टोली ज्ञापन पत्र बुझाउन जाने छ । ज्ञापन पत्रको तयारी गर्ने जिम्मा बैठकले स्थायी कमिटी सदस्य वर्षमान पुनलाई दिएको छ ।

    त्यस्तै कोभिड नियन्त्रण कोष बनाउने निर्णय पनि बैठकले गरेको छ। कोषमा सरकारबाट सेवा सुविधा लिने पार्टीका नेता तथा कार्यकर्ताले केही रकम बुझाउने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.