सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १४:२० 
  • गण्डकी, ६ जेठ । गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उहाँले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

    कोरोना महामहारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेशमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्नेतर्प सरकार क्रियाशील बन्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट तर्जुमाको चरणमा रहेको हुनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनाबाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनीकरण र आर्थिक समृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवं सामाजिक आर्थिकरूपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशीलता विकासका लागि व्यावसायिक, सीपमूलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पु¥याइने उहाँले बताउनुभयो । प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

    सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यक्रम समुदायमा आधारित वनको संरक्षण, उत्पादन वृद्धि र संस्थागत सृदृढीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो । पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीले मन्त्री लम्साललाई स्वागत गर्नुभएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.