सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १३:३४ 
  • काठमाडौँ, ६ जेठ । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो ।

    तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.