सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रकको ढालामा झुण्डिएर मृत्यु


  •    न्युजभित्तो/६ जेष्ठ २०७८, बिहीबार १३:२७ 
  • चितवन, ६ जेठ ।  ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।

    पोखरीमा डुबेर मृत्यु

    माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

    पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो । पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइएको छ ।

    कोरोनाका कारण नौ जनाको मृत्यु

    कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ । यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।

    भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

    सिद्धिविनायकको अक्सिजन क्षमता बढाइयो

    कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज०को व्यवस्थापनमा सञ्चालित सिद्धिविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ । गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिण्डर अक्सिन थप उत्पादन हुने भएको हो ।

    अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार बुधबारबाट नयाँ उपकरण सञ्चालनमा आएको छ । उत्पादन शुक्रबारबाट शुरु हुनेछ । यसअघि उक्त उद्योगबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिण्डर उत्पादन हुने छ । सो अस्पतालले दैनिक ३०० सिलिण्डर खपत गर्दछ । बाँकी अन्य अस्पतालका लागि प्रयोग गर्न सकिने छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता वृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताउनुभयो । यसले जिल्लामा कोभिड सङ्क्रमितको उपचारमा थप सहजता हुने उहाँको भनाइ छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.